काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ६ दशमलव २८ अंकले बढेर १३९७ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १ सय ८२ कम्पनीको १२ लाख १४ हजार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा ३९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
होटल र म्युचअल फण्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेको इन्योरेन्सको ३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको २ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
समृद्धि फाइनान्सका लगानीतकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् भने सिभिल लघुवित्तका लगानीकर्ताले ५ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् ।
जोशी हाईड्रोपावरका लगानीकर्ताका लगानीकर्ताले ६ दशमलव ४५ प्रतिशतका दरले गुमाएको छ भने साधना लघुवित्तका लगानीकर्ताले २ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन्