IME Life

बीमा समितिद्वारा बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी एकीकृत निर्देशिका जारी

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बीमाङ्कीय मूल्याङ््कन सम्बन्धी एकीकृत निर्देशिका जारी गरेकोछ । बीमाङ्कीय मूल्याङ्कन निर्देशिका २०७६ र सोल्भेन्सी मार्जिन निर्देशिका २०७० लाई एकीकृत गर्दै आज नयाँ निर्देशिका जारी गरेको हो ।

‘जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७’ नाम दिइएको नयाँ निर्देशिका तत्कालैदेखि कार्यान्वयनमा ल्याउन आजै बीमा समितिले अर्को निर्देशन समेत जारी गरेको छ । नयाँ बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिकामा सोल्भेन्सी मार्जिनमा रहेका केही प्राविधिक विषयहरुमा एक रुपता ल्याइएको छ । त्यस्तै फूल फ्लेजको सोल्भेन्सी १ लागू गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, बीमाङ्कीय मूल्याङ्न सम्बन्धी व्यवस्था अब वित्तीय विवरणमा समेत देखाउनु पर्ने भएको छ । त्यस्तै, बीमा समितिलार्ई नियमनका लागि समेत सजिलो र व्यवस्थित गरिएको छ ।

Prabhu
Crest

आज जारी गरिएको निर्देशिका अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्रमा बीमा कम्पनीहरुले एक्चुरियल भ्यालुएशन समेत गराई समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यदि उल्लेखित मितिमा त्यस्तो प्रतिवेदन पेश नगर्ने कम्पनीमाथि बीमा समितिले एक्सन लिन सक्ने व्यवस्था गरिएको छ ।

Valuation-Directive-Final-_2077.05.02

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS