IME Life New

व्यापारको आकार ठूलो बनाउँदै युनियन लाईफ, बीमा शुल्क र जीवन बीमा कोष ४ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमान्डौ। युनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७६/७७ सम्म कम्पनीले ४ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष ७५/७६ मा कम्पनीले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै खुद बीमा शुल्क आर्जन रकम २ अर्ब ९४ करोड बाट वृद्धि भएर आर्थिक वर्ष ७६/७७ मा ४ अर्ब ५० करोड पुगेको छ ।

Crest

१ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख पुगेको छ । त्यस्तै जीवन बीमा कोष २ अर्ब १४ करोड बाट वृद्धि भएर ४ अर्ब २८ करोड पुगेको छ। जीवन बीमा कोष जीवन बीमा कम्पनीहरुको लागि निकै  महत्त्वपूर्ण कोष हो ।

आर्थिक  वर्ष ७६/७७ सम्म कम्पनीमा ९२ हजार ५ सय ५० बीमा लेख कायम छन् भने सोही वर्ष १ अर्ब १ करोड कुल दावी भुक्तानी गरेको छ ।

खुद मुनाफा ६ करोड ८९ लाख बाट वृद्धि भएर ९ करोड ७० लाख पुगेको छ। तर जीवन बीमा कम्पनीको हकमा एकचुअरी मुल्यांकन पश्चातमात्र वास्तविक नाफा देखिने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS