Connect IPS
IME Life

कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफको प्रगति कायमै, बीमा शुल्क आर्जन ८६ करोड माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

कम्पनीले उपलब्ध गरेको तथ्यांक अनुसार बीमा शुल्क आर्जन २४५ प्रतिशतले वृद्धि हुँदै ८६ करोड  ८३ लाख पुगेको छ। आर्थिक वर्ष ७५/७६ मा कम्पनीले २५ करोड १३ लाख बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोष २२२ प्रतिशतले वृद्धि हुँदै ८१ करोड ६ लाख पुग्न सफल भएको छ। आर्थिक वर्ष ७५/७६ मा जीवन बीमा कोष २५ करोड १९ लाख थियो ।

खुद मुनाफामा ८१७ प्रतिशतको वृद्धि हुँदै ८ करोड माथि रहेको छ। आर्थिक वर्ष ७५/७६ मा इन्स्योरेन्स कम्पनीको खुद नाफा ८७ लाख ३४ हजार थियो । तर जीवन बीमा कम्पनीहरुको हकमा चाही एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा देखिने छ।

आर्थिक वर्ष ७६/७७ मा १२ हजार ४ सय ३६ बीमा लेख कायम छन् भने कम्पनीले आर्थिक वर्ष ७६/७७ मा ५ वटा मृत्यु दावी भुक्तानी गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS