Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको मुनाफामा २५ प्रतिशतले गिरावट, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकको मुनाफामा कोरोनाको असर लगायतका कारणबाट भारी गिरावट आएको छ । बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशत गिरावट आएको छ । गत वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको मुनाफा अघिल्लो आवको तुलनामा ४० करोड रुपैयाँले घटेर एक अर्ब २५ करोडमा सीमित भएको छ ।

बैंकको प्रोभिजन ११ करोडबाट बढेर ६० करोड पुगेको छ । अन्तिम त्रैमासमा मात्रै बैंकको प्रोभिजन ३५ करोड ७६ लाख रुपैयाँ छ । बैंकमा कोरोनाको प्रत्यक्ष असर परेको देखिएको छ । समीक्षा अवधीमा बैंकले ३ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दान गरेको छ जुन गत वर्षको तुलनामा ३२ करोड रुपैयाँले धेरै हो । त्यस्तै बैंकले सेवा क्षेत्रबाट प्राप्त आम्दानी समेत उल्लेख्य बृद्धि भएको छ ।

Prabhu
Crest

माछापुच्छ्रे बबैंकको बैंकको निक्षेप संकलन गत आवमा ८५ अर्ब १९ करोड रुपैयाँ थियो । गत वर्ष बढेर १ खर्ब ४ अर्ब ९ करोडरुपैयाँ पुगेको छ भने कर्जा लगानी ७५ अर्ब ९ करोड रुपैयाँबाट बढेर ९२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष २ अर्ब १४ करोड रुपैयाँ छ । कोष पनि बृद्धि भएको हो । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसाबाट घटेर १४ रुपैयाँ ८० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.८६ गुणा छ ।

बैंकको वितरणयोग्य मुनाफा समेत घटेको छ । वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९० करोड ८२ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.५४ प्रतिशत, ब्याज आधार दर ९.२१ प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत, सिसिडि रेशियो ७३.८१ प्रतिशत, पूँजीकोष अनुपात १३ प्रतिशत र कोषको लागत ६.७१ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS