IME Life New

कामना सेवा विकास बैंकको खुद आम्दानी ९३ करोड माथि, कोरोनाको कारण मुनाफा खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका कारण ऋणीहरुले साँवा ब्याज भुक्तानी नगर्दा कामना सेवा विकास बैंकको नाफा प्रभावित भएकोछ । बैंकले गत आवमा खुद सञ्चालन आम्दानी ९३ करोड ३७ लाख तीन हजार ३२० रुपैयाँ आर्जन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चौथो त्रैमासमा मात्रै ३१ करोड रुपैयाँ सहित ४३ करोड ४७ लाख रुपैयाँ प्रोभिजन गर्दा मुनाफा पाँच करोड ४८ लाख ३८ हजार ३४८ रुपैयाँमा सीमित भएको छ ।

बैंकले यस वर्ष दुई करोड ३५ लाख दुई हजार १४९ रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष १५ करोड भन्दा बढि कर भुक्तानी गरेको थियो । मुनाफा घट्दा कर समेत घटेको छ । बैंकको खराव कर्जा केही बढेको देखिएको छ । ०.९ रहेको खराव कर्जा यस वर्ष बढेर २.१३ पुगेको छ । खराव कर्जा बढ्नुमा कोरोना मुख्य कारणको रुपमा लिन सकिन्छ ।

Esewa
Crest

त्यस्तै बैंकले कष्ट अफ फण्ड ७.६१ प्रतिशत रहेको छ भने सिडी रेसियो ७४.६ प्रतिशत छ । बैंकको ब्याजदरको बेस रेट १०.५५ छ भने स्प्रेडदर ४.९१ छ । समीक्षा अवधीमा बैंकले निक्षेप ३१ अर्ब ९० करोड २० लाख ९३ हजार १ रुपैयाँ जम्मा गरेको छ ।

अघिल्लो वर्ष जम्मा २१ अर्ब रहेको निक्षेप यस वर्ष ३३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, बैंकले २५ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकको कर्जा १८ अर्ब मात्रै थियो । बैंकको करिब ७६ करोड रुपैयाँ कर्मचारी तथा अन्य सञ्चालन खर्च बापत खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS