काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी हेल्लो पैसा र जि.एम.इ रेमिट प्रा.लिबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।
उक्त सम्झौतामाजि.एम.इ. रेमिटप्रा.लिको तर्फबाट प्रबन्धनिर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक अहेमेद शाजिमखमिसाले हस्ताक्षर गरेका छन् ।
जि.एम.इ रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लोपैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलै सँग नेपालमारहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।
नेपालमा जि.एम.इ. रेमिट सँग आबद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलै सँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।