Connect IPS
IME Life

एनसीसी बैंकको नाफा बढेर एक अर्ब १३ करोड नाघ्यो, अन्य सूचांकहरु कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको गत आर्थिक वर्षमा खुद मुनाफा बृद्धि गर्दै एक अर्ब १३ करोड नौ लाख ८४ हजार ८४४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब एक करोड ३३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १० प्रतिशत बृद्धि गर्न सफल भएको हो ।

२०७६ साल चैत्र ११ गतेबाट जारी चार महिना लामो लकडाउनका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाको मुनाफा घटेको बेला एनसीसी बैंकको मुनाफा भने बृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९६ करोड रुपैयाँबाट बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेपनि सञ्चालन नाफा १ अर्ब ९६ करोड रुपैयाँबाट घटेर १ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ ।

Prabhu
Crest

गत वर्षमा कूल निक्षेप संकलन ७३ अर्ब ७८ करोड रुपैयाँ गरेको बैंकले ६५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेर सो मुनाफा आर्जन गरेको हो । बैंकको खराव कर्जा भने शून्य दशमलव १ प्रतिशतले बृद्धि भएको छ । बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशतबाट बढेर २.७९ प्रतिशत पुगेको वित्तीय विवरणमा देखिएको छ ।

बैंकको आधार दर ९.०३ प्रतिशत छ । जसका कारण ब्याजदर केही महंगो पर्न गएको छ । त्यस्तै, स्प्रेड दर ३.८४ प्रतिशत रहेको छ । त्यस्तैगरी निक्षेप कर्जा अनुपात सिडी रेशियो ७४.८८ प्रतिशत छ । अन्य केही बैंकहरुको कर्जा न्यून भई ७० प्रतिशतभन्दा तल सिडी रेसियो भएको बेला बैंकको सिडी रेसियो बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS