काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफनो संस्थापक शेयर बिक्रिको लागि संस्थापक शेयरधनीहरुसँग आवेदन माग गरेको छ ।कम्पनीको संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्रि गर्न लागेको हुँदा सो शेयर खरिद गर्न चाहनेलाई संस्थाक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै उक्त शेयर खरिद गर्न चाहने कम्पनीका हाल कायम रहेका इच्छुक संस्थापक शेयरधीहरुले संस्थापक शेयर खरिद गर्न सूचना प्रकाशन भएको ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको शेयरको मूल्य समेत उल्लेख गरेर कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन आग्रह गरेको छ ।