IME Life New

नौ अर्ब चुक्ता पुँजि भएको राष्ट्रिय बाणिज्य बैंकको १० अर्ब आम्दानी, खराब कर्जा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकले गत आबमा ब्याज, कमिशन तथा अन्य आय गरी खुद १० अर्ब रुपैयाँ भन्दा बढि सञ्चालन आम्दानी गरेको छ । कूल नौ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजि भएको बैंकले गत आवको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गर्दै खुद सञ्चालन आम्दानी १० अर्ब ५१ करोड ६६ लाख ५६ हजार ६१९ रुपैयाँ रहेको जनाएको छ ।

बैंकले ऋणीहरुसँग १७ अर्ब रुपैयाँ ब्याज आम्दानी बापत असुल गरेको छ भने ७ अर्ब भन्दा बढि रुपैयाँ निक्षेप जम्मा गरे बापत ब्याजमा खर्च गरेको छ । बैंकले फि, कमिशनबापत करिब ६५ करोड भन्दा बढि आम्दानी गरेको छ । बैंकले आर्जन गरेको कूल १० अर्ब रुपैयाँ मध्ये व्यवस्थापन खर्च, सम्पत्तिको ह्रास कट्टी गरेर छ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । सो मुनाफामा कर कटाएर चार अर्ब ४५ करोड २५ लाख ३३ हजार ७१७ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

राष्ट्रिय बाणिज्य बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेको छ । बैंकको अघिल्लो वर्षको तुलनामा मुनाफा ५९ करोड रुपैयाँले घटेको छ । अघिल्लो वर्ष पाँच अर्ब चार करोड ६५ लाख २० हजार ३७८ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको ब्याज खर्च बृद्धि भएको कारण मुनाफा प्रभावित भएको हो । बैंकको ब्याज खर्च अघिल्लो वर्षको तुलनामा झण्डै तीन अर्ब रुपैयाँ बढि खर्च भएको छ । अघिल्लो वर्ष चार अर्ब ९७ करोड ९३ लाख भन्दा बढि खर्च गरेकोमा गत आवमा सात अर्ब ७१ करोड १७ लाख भन्दा बढि रुपैयाँ ब्याज बापत वितरण गरेको छ ।

बैंकको खराव कर्जामा सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष ४.७९ रहेको खराव कर्जा यस वर्ष ४.०८ रहेको छ भने सिडिआर रेसियो६२ प्रतिशत रहेको छ । सिडी रेडियो घटेको देखिँदा बैंकले निक्षेप संकलन गरी कर्जा प्रवाह नभएको देखिएको छ ।
मुनाफा घटेपनि राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंकको सूचिमा पहिलो नम्वरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS