Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको नाफा २२.६३ प्रतिशतले घटेको हो ।

समिक्षा अवधिमा बैंकले ६५ करोड २३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३९ करोड रूपैयाँ वितरण योग्य नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.०९ प्रतिशतले घटेको हो।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४१ करोड ३३ लाख रुपैयाँ घटेर ५ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।त्यस्तै, सञ्चालन मुनाफा ४९ करोड ७२ लाख रुपैयाँ घटेर ३ अर्ब ६३ करोड रुपैयाँमा सिमित भएको छ । चौथौ त्रैमासको अवधिमा बैैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकले चुक्ता पूँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ४१ करोड रुपैयाँ छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS