Connect IPS
IME Life

प्रोभिजन र ब्याज खर्च बढ्दा स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा ४५ करोडले गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विदेशी लगानीमा सञ्चालित स्टाण्डर्ड चार्टडर्ड बैंकले गत आवमा ठूलो रकम प्रोभिजनिङ गर्नु परेको कारण मुनाफामा भारी गिरावट आएको छ । साथै बैंकको ब्याज खर्च ह्वात्तै बृद्धि हुँदा गत आवको चौथो त्रमाससम्मको मुनाफा दुई अर्बबाट तल झरेका छ ।
बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा एक अर्ब ९८ करोड ३९ लाख २६ हजारमा सीमित हुन पुगेको छ । गत आवमा दुई अर्ब ४३ करोड ४६ लाख ६५ हजार मुनाफा आर्जन गरेको बैंकले यस आवमा ४५ करोड सात लाख ३९ हजार रुपैयाँ नाफा घट्न गएको छ ।

बैंकले ब्याज आम्दानीमा सामान्य बृद्धि भएपनि ब्याज खर्च भने भारी मात्रामा बृद्धि भएको छ । बैंकले गत आबमा ६ अर्ब ५० करोड रुपैयाँ ब्याज आम्दानी गरेमा चालु आवमा ६ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढि ब्याज आम्दानी गरेको छ । त्यस्तै, गत वर्ष दुई अर्ब ९७ करोड ८१ लाख रुपैयाँ ब्याज खर्च गरेको बैंकले गत आवमा तीन अर्ब ११ करोड ३४ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकको ब्याज आम्दानी १२ करोड रुपैयाँले बृद्धि हुँदा ब्याज खर्च करिब १४ करोड रुपैयाँले बृद्धि भएको छ । त्यस्तै, बैंकको फि र कमिशन शुल्कमा भइरहेको आम्दानी समेत घटेको छ । सबैभन्दा बढि रकम व्यापारिक आयबाट हुने आम्दानी घटेको छ । व्यापारिक आयबाट हुने आम्दानी ७२ करोड ९० लाखबाट ५८ करोड ८ लाखमा सीमित भएको छ । यस्तो आय १४ करोड घटेको देखिएको छ ।

Prabhu
Crest

यस वर्ष बैंकले ठूलो मात्रामा प्रोजिभनिङ गर्नु परेको छ । बैंकको निस्क्रिय कर्जामा बृद्धि भएको कारण प्रोभिजनिङ बढेको हो । गत वर्ष जम्मा आठ करोड प्रोभिजनमा राखेको बैंकले यस वर्ष ३७ करोड राख्न बाध्य भएको छ । यद्यपि बैंकको अन्य आम्दानी सामान्य बृद्धि भएको छ । त्यस्तै, डिफर ट्याक्समा सामान्य बृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । आर्थिक वर्ष २०७५।७६ मा ३ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ३ अर्ब ४७ करोड रुपैयाँबाट घटेर २ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । बैंकको कर्मचारी खर्च समेत २ करोड रुपैयाँले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ५२ करोड ५६ लाख रुपैयाँबाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय विवरण अनुसार गत असार मसान्त सम्ममा बैंकको निक्षेप संकलन ७५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ९८ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५३ अर्ब ९ करोड रुपैयाँ जम्मा ८३ करोड रुपैयाँ मात्रै बढेर ५३ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । २३ अर्ब रुपैयाँ निक्षेप बृद्धि हुँदा ऋण जारी गर्नै नसक्नु पनि बैंक व्यवस्थापकहरुको असफलता रहेको देखिएको छ ।

वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा एक अर्ब ५१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको खराब कर्जा ०.१५ प्रतिशतबाट बढेर ०.४४ प्रतिशत पुगेको छ । बैंकको स्प्रड दर ३.३६ प्रतिशत रहेको छ भने आधार दर ७ प्रतिशत, सिसिडि रेशियो ६६.४३ प्रतिशत र कोषको लागत ४.८४ प्रतिशत रहेको छ । बैंकले निक्षेपको १४ प्रतिशत थप ऋण लगानी गर्न सक्नेछ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५० पैसा र पिई रेशियो २६.०५ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS