काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई १४ बुँदे निर्देशन जारी छ । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको कारण कर्मचारी एवम सेवाग्राही दुबैको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी ५० प्रतिशत कर्मचारीको प्रयोग गरी आलोपालोमा बैंकिङक सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा ५० प्रतिशत कर्मचारीबाट सेवा दिन निर्देशन दिएको छ । बाँकि कर्मचारीलाई घरबाट नै काम गर्ने ब्यबस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।
साथै, सबै प्रकारका गोष्टि, बैठक, सेमिनार, छलफल, भेला जस्ता सामुहिक जमघट हुने कार्य नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले सम्भव भएसम्म व्यक्तिगत भेटघाट र सेवा प्रवाह विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले कर्मचारीको कोरोना उपचार र अन्य खर्च बैंकले नै व्यहोर्नुपर्ने पनि जनाएको छ ।