Connect IPS
IME Life

मिथिला लघुवित्तको नाफा २ करोड ३५ लाखमाथि, अन्य सूचक कस्तो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्तले गत आर्थिक वर्षको थौथो त्रैमासमा २ करोड ३५ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा १ करोड ९१ लाख ९२ हजार खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २२ दशमलव ६२ प्रतिशतले बढी हो ।

चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार ४ करोड ७८ लाख ९३ हजार रुपैयाँबाट १ करोड ६६ लाख २७ हजार बढेर ६ करोड ४५ लाख २० हजार रुपैयाँ पुगेको छ।

Prabhu
Crest

असार मसान्तसम्ममा कम्पनीले ३५ करोड ९३ लाख ३६ हजार निक्षेप संकलन तथा ८३ करोड ६१ लाख ४० हजार सापटीबाट १ अर्ब २१ करोड २३ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

यसबाट लघुवित्तले ७ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा ५ करोड ८७ लाख ६३ हजार खुद ब्याज आम्दानी गरेकोमा ३० दशमलव ३५ प्रतिशतले वृद्धि गरेको हो।

लघुवित्तको सञ्चालन नाफा ३ करोड ३४ लाख ४२ हजार छ। अघिल्लो आवको तुलनामा ३९ लाख ३४ हजार रुपैयाँले सञ्चालन नाफा बढेको हो।

लघुवित्तको वार्षिक प्रतिशेयर नेटवर्थ १ सय ६० रुपैयाँ ९५ पैसा छ। वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको छ।कम्पनीले खराब कर्जा अनुपात १ दशमलव ५९ प्रतिशतमा सुधार गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS