IME Life New

कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा नेपाल बैंकको ३ करोड ४६ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख सहयोग गरेको छ ।

बैंकले हरेक बर्ष आफ्नो मुनाफाको १ प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको र उक्त कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिम विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित संरक्षण लगायतका क्षेत्रहरुमा खर्च गर्दै आएको छ ।

Esewa
Crest

हाल देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणतथा कोरोना भाइरसका कारणबाट सृजनाहुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ मौद्रिक नीति, २०७७/७८ मा भएको व्यवस्थातथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन अनुसार यस बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको ३ करोड ४६ लाखरकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी माननीय अर्थमन्त्री डा।युवराजखतिवडा लाई बैंकका सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले हस्तान्तरण गरेका हुन् ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य, सहसचिव केदारप्रसाद पनेरु, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS