IME Life New

युनियन हाइड्रोपावरको नाफामा आयो सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन हाइड्रोपावरले गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकोे छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा एक करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो बर्षको सोहि अवधिमा नोक्सानीमा रहेको थियो । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा एक करोड ७० लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको थियो ।कम्पनीको आम्दानीमा सामान्य सुधार भएसँगै खर्चमा कटौती गर्दा नाफा बढ्न गएको हो ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत सात करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। साथै कम्पनीले स्रोत मार्फत एक लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ माथि रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा भने प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ७१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS