काठमान्डौ : भर्खरै आईपिओ निस्काशन गरेको अजोड इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमाससम्म कम्पनीले ८६ करोड १२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमास इन्स्योरेन्सले ४१ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम १५ करोड ५१ लाख बाट वृद्धि भएर २७ करोड ७९ लाख पुगेको छ।
कम्पनीले खुद मुनाफामा पनि ४ करोड ११ लाख बाट वृद्धि भएर ६ करोड २० लाख पुग्न सफल भएको छ।
कम्पनीको प्रकाशित चुक्ता पुँजी ७१ करोड ५० लाख भए पनि कम्पनीको आईपीओ प्रक्रिया सम्पन्न गरेले कम्पनीको चुक्ता पुँजी १ अर्ब पुगिसकेको छ । जगेडा कोष ४ करोड ५४ लाख हुँदा बीमा कोष ६ करोड १६ लाख पुगेको छ।
कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा रहेको छ भने किताबी मूल्य ११५ रुपैयाँ ९७ पैसा रहेको छ।