Connect IPS
IME Life

लाजिम्पाटस्थित एभरेष्ट बैंक केन्द्रीय कार्यालयका दुई जना कर्मचारीमा कोरोना पुष्टि, सिंगो बैंकिङ क्षेत्रमा आतंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकको राजधानी काठमाडौंस्थित लाजिम्पाटमा रहेको मुख्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सो बैंकको केन्द्रीय कार्यालय दुई दिनका लागि सिल गरिएको छ ।

कोरोना भाइरस संक्रमित कर्मचारीलाई सरकारी आईशोलेशनमा राखिएको छ भने बाँकी सबै कर्मचारीहरुलाई होम आईशोलेशनमा राखेर कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । केन्द्रीय कार्यालय नै सिल भएपछि सो बैंकको हेडक्वाटर दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । त्यसैगरी, सो बैंकको कपिलबस्तु र लुम्बिनी शाखामा कार्यरत कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । एभरेष्ट बैंकका कूल चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण सक्रिय रहेको जनाइएको छ ।

Prabhu
Crest

सो बैंकबाट गत शुक्रबार कर्मचारीहरुको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा आइतबार दुई जनामा कोरोना संक्रमण देखिएको छ । बैंकको लेखा र एक जना सवारी चालकमा कोरोना भाइरस देखिएको छ ।

राजधानीभित्रैको बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सिंगो बैंकिङ क्षेत्रमा आतंक मच्चिएको छ । बैंक सार्वजनिक सेवा प्रदायक अन्तर्गत दैनिक रुपमा सबैभन्दा धेरै सेवा प्रदान गर्ने क्षेत्र हो । बैंकका काउन्टरका एउटै शाखाबाट दैनिक सयौं मानिसलाई बैंकिङ सेवा प्रवाह हुने गर्दछ । नेपाल राष्ट्र बैंकले दुई दिन पहिले आलोपालो पद्धतिमार्फत न्यूनतम् कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS