Connect IPS
IME Life

नेपाल बैंकमा कोरोनाको असर देखियो, खुद नाफा साढे दुई अर्बमा सीमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । देशकै पहिलो वित्तीय संस्था नेपाल बैंक लिमिटेडमा कोरोना प्रत्यक्ष असर देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले गत आवको मुनाफामा चार करोड रुपैयाँले संकुचन आएको देखाएको छ ।

आव २०७४।०७५ मा दुई अर्ब ५९ करोड ६७ लाख खुद नाफा कमाएको नेपाल बैंकले समीक्षा अवधीमा गत असार मसान्त सम्ममा जम्मा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कोभिड १९ का कारण २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउन आर्थिक वर्षको अन्त्यसम्मै जारी थियो । बैंकमा सोही लकडाउनको प्रत्यक्ष प्रभाव पारेका कारण मुनाफामा संकुचन आएको विश्वास गरिएको छ ।

Prabhu
Crest

बैंकको ब्याज आम्दानी, फि तथा कमिशन आम्दानी घटेका कारण पनि बैंकको नाफा प्रभावित भएको देखिएको छ । बैंकको ब्याज आम्दानी झण्डै आधा अर्बले घटेको छ भने कमिशन तथा शुल्क आम्दानी पनि २५ करोड रुपैयाँले घटेको छ । बैंकले लिएको निक्षेपको कबूल गरे ब्याज भुक्तानी गरेको र ऋणको ब्याज लकडाउनको कारण उठ्न नसकेकोले ब्याज आम्दानीमा गिरावट आएको छ । त्यस्तै कमिशन शुल्क समेत बैंकिङ कारोबार न्यून हुँदा घटेको छ । सोही कारण बैंकको खुद मुनाफामा प्रत्यक्ष असर परेको छ ।

नेपाल बैंकको प्रति शेयर आम्दानी समेत चार रुपैयाँले घटेर २२ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा छ । कूल ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजि रहेको बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट दुई अर्ब २१ करोड ४ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्षम छ । २०७७ असार मसान्तसम्ममा बैंकमा १ खर्ब ४२ अर्ब ११ करोड ४२ लाख रुपैयाँ निक्षेप छ भने १ खर्ब ४ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS