काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले भदौ ९ गते विषेश साधारण सभा गर्ने भएको छ । हिजो असार २४ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम विषेश साधारण सभाको मिति तय गरेको हो ।
उक्त सभा विहान ११ बजे महुली लघुवित्त वित्तीय संस्था रहेको केन्द्रीय कार्यालयमा हुने संस्थाले जनाएको छ ।
सभामा संचालक समितिको तर्फबाट पेश गरिने महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने गाभ्ने र मर्जर सम्बन्धी प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित गर्ने ।
महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने गाभ्ने कार्यका लागि सम्पति दायित्व र कारोबार मुल्याङकनको प्रतिवेदनको आधारमा तयार भएको शेयर आदान प्रदान अनुपात उपर छलफल तथा पारित गर्ने ।
महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने गाभ्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र तथा निर्णयहरु अनुमोदन तथा अन्तिम स्वीकृत गर्ने ।
त्यस्तै, गाभ्ने गाभिने सम्बन्धमा थप कार्य गर्नका लागि संचालकलाई अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा रहेका छन् । विषेश साधारण साभामा उपस्थतीका लागि हाजिरी पुस्तीका विहान साढे ९ बजेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि खुला हुने जनाएको छ ।