IME Life New

८%बाट तल झर्यो बैंकको ब्याज, नेपाल बैंकले ल्यायो नयाँ स्कीम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको जनाएको छ ।

यसको अतिरिक्त बैंकले नयाँ लघुउद्यम कर्जा, सम्बद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

Esewa
Crest

लघुउद्यम कर्जा तथा सम्बद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८ दशमलव ९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्युन ब्याजदर भएको बैंकले जनाएको छ ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापाररव्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाखदेखि ९९ लाखसम्मको लागी लघुउद्यम कर्जा र १ करोडदेखि ३ करोडसम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागी समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाई छ ।

दुबै प्रकारका कर्जाहरु अन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ । लघुउद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९ दशमलव ९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरा गर्न यो कर्जाको सुरुवात गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS