काठमाडौं । सिटिजन्स बैंकले एकल अंकको ब्याजदर मै दुई कर्जा योजना ल्याएको छ । बैंकले ‘सिटिजन्स घर कर्जा योजना’ र व्यक्तिगत कर्जा र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको हो ।
बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा, घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नेछन् । २५ वर्ष सम्मको समयावधि भएको उक्त कर्जा लिन बैंकमा काजगात पेश गरीएको ३ दिनमा नै निर्णय हुने बैंकले जनाएको छ । बैंकका अनुसार घर कर्जा लिने ग्राहकले क्रेडिट कार्ड निःशुल्क रुपमा पाउने छन् ।
त्यस्तै बैंकले साना तथा मझौला व्यवसायीहरुका लागि ९ दशमलव ५० प्रतिशतमा र सिटिजन्स मोर्टगेज लोन, १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजमा उपलब्ध गराउने जनाएको छ ।