काठमाडौं । आरम्भ चौतारी लघुवित्तको शाखा कार्यालय ठुटिपिपलले सदस्यको कर्जा मिनाह गरि क्षतिपुर्ति बापतको रकम भुक्तानी गरेको छ ।
ओमसतिया गाँउपालिका वडा नं. १ मा रहेको वित्तीय सस्ंथाले ओमसतिया गाँउपालिका वडा नं.२ निवासी बिष्णु कुमारी थारुको मृत्यु पश्चात उहाँका श्रीमान् बर्खु थारुलाई एक कार्यक्रम बिच बीमा दावीको क्षतीपुर्ती रकम प्रदान गरिएको छ ।
मृतक सदस्यले यस वित्तीय सस्ंथाबाट एक लाख रुपैयाँ लिएकोमा निजको मृत्यु पश्चात कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमा एक लाख र काजक्रिया बापतको रकम २५ हजार रुपैयाँ दिने ब्यवस्था अनुसार जम्मा एक लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
रकम हस्तान्तरण यस सस्ंथाका अनुगमन अधिकृृत्त मधुकृष्ण न्यौपानेले रकम हस्तान्तरण गरेका हु्न् । उक्त कार्याकम यस सस्ंथा शाखा प्रमुख भविश्वर ढकालले सन्चांलन गरेका थिए भने यस वित्तीय सस्ंथामा कार्यरत कर्मचारी लक्ष्मी ज्ञवाली र अनिता थापाको उपस्थिति रहेको थियो