IME Life New

जीवन बीमा कोषमा कूल बीमा शुल्कको योगदान प्रतिशतका आधारमा एशियन लाईफ उत्कृष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कोषमा कूल बीमा शुल्कको योगदानको प्रतिशत अध्ययन गर्दा एशियन लाईफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट देखिएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित रहेर विश्लेषण गर्दा एशियन लाईफको १०० प्रतिशतभन्दा माथि देखिएको छ भने सबैभन्दा कम रिलायबल नेपाल लाईफ इन्स्योरेन्स रहेको देखिएको छ । जीवन बीमा कोषमा बीमा शुल्कको योगदान बढि हुने कम्पनीहरु मध्ये दोस्रोमा गुराँस लाईफ, तेस्रोमा एलआईसी नेपाल, चौथोमा नेपाल लाईफ, पाँचौमा सूर्या लाईफ  छन् । त्यस्तै न्यून हुनेहरुमा मेट लाईफ र  युनियन लाइफ छन् । उनीहरुको योगदान ५० प्रतिशतभन्दा पनि तल छ ।

बीमा कम्पनीले आर्जन गर्ने आम्दानी र खर्चको अनुपातका आधारमा जीवन बीमा कोषमा रकम जम्मा हुने गर्दछ । व्यवस्थापन खर्च कम गर्ने तथा बढि प्रतिफल प्राप्त क्षेत्रमा लगानी गरेका बीमा कम्पनीहरुको यस्तो अनुपात उच्च हुने गर्दछ भने बढि खर्च गर्ने र न्यून आय भएका क्षेत्रमा लगानी गर्ने कम्पनीहरुको यस्तो रेसियो न्यून हुने गर्दछ । साथै नयाँ कम्पनीहरुको समेत यस्तो रेसियो न्यून आउने गर्दछ । साथै म्यादी बीमा गरेका कम्पनीहरुको यस्तो रेसियो न्यून आउने गर्दछ ।

Esewa
Crest

म्यादी बीमा शुल्क आम्दानीमा देखिए पनि त्यस्तो रकम जीवन बीमा कोषमा नराखी असमाप्त जोखिम बापतको व्यवस्था अन्तर्गत राखिने भएकोले यस्तो रेसियो न्यून हुने गर्दछ । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्नपछि जीवन बीमा कोष समेत तलमाथि हुनसक्ने हुँदा लेखा परिक्षण सम्पन्न भएपछि मात्रै जीवन बीमा कोषमा कूल बीमा शुल्कको योगदान प्रतिशत गणना गर्दा एकिन तथ्याङ्क निकाल्न सकिन्छ ।

आव २०७६/०७७ को चैत्र मसान्तसम्म लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा कूल बीमा शुल्कको योगदान प्रतिशतमा:

१. एशियन लाईफ इन्स्योरेन्स                    १००.८७
२. गुराँस लाईफ इन्स्योरेन्स                        ९३.६३
३. एलआईसी नेपाल                                  ९३.४८
४. नेपाल लाईफ इन्स्योरेन्स                       ८१.४७
५. सूर्या लाईफ इन्स्योरेन्स                          ७८.५९
६. प्राईम लाईफ इन्स्योरेन्स                        ७६.०२
७. नेशनल लाईफ इन्स्योरेन्स                     ७५.७६
८. सानिमा लाईफ इन्स्योरेन्स                    ६५.५
९. महालक्ष्मी लाईफ इन्स्योरेन्स                 ६०.३९
१०. ज्योति लाईफ इन्स्योरेन्स                    ६०.०४
११. सन नेपाल लाईफ इन्स्योरेन्स              ५९.६२
१२. आईएमई लाईफ इन्स्योरेन्स                ५६.३३
१३. प्रभु लाईफ इन्स्योरेन्स                        ५४.६३
१४. रिलायन्स लाईफ इन्स्योरेन्स               ५२.३८
१५. सिटिजन लाईफ इन्स्योरेन्स                ५२.१५
१६. युनियन लाईफ इन्स्योरेन्स                  ४७.७८
१७. मेट लाईफ इन्स्योरेन्स                         ३९.१२
१८. रिलायबल लाईफ इन्स्योरेन्स              ३७.७८

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS