IME Life New

कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफको प्रथम बीमा शुल्कमा उल्लेख्य बृद्धि, सिईओ भट्टराईले लेखे यस्तो स्टाटस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डेढ वर्ष अघि स्थापना भएको सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफले प्रथम बीमा शुल्क आर्जनमा अन्य प्रतिस्पर्धी कम्पनीहरुलाई पछाडि पार्दै निकै अघि बढ्न सफल भएको छ । गत आर्थिक वर्षमा महालक्ष्मी लाईफले कूल ८० करोड प्रथम बीमा शुल्क आर्जन गरी पुराना कम्पनीहरुलाई समेत चुनौति दिएपछि सो कम्पनीका सिईओ रमेश कुमार भट्टराईले स्टाटस् नै लेखेर गौरव महसुस गरेको जनाएका छन् ।

गत आर्थिक वर्षको १२ महिनामा महालक्ष्मी लाईफले आईएमई लाईफ, गुराँस लाईफ, सन नेपाल लाईफ र सानिमा लाईफलाई पछाडि पार्दै अघि बढेको छ । महालक्ष्मी लाईफपछि आईएमई लाईफले ७८ करोड, पुरानो कम्पनी गुराँस लाईफले ७८ करोड, सन नेपाल लाईफले ५७ करोड र सानिमा लाईफले ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनले अझै अपेक्षा गरे अनुसार व्यवसाय गर्न नसकिएको महालक्ष्मी लाईफको भनाई छ ।

Esewa
Crest

महालक्ष्मी लाईफका सिईओ रमेश कुमार भट्टराईले सामाजिक सञ्जाल फेसबुकका स्टाटस् लेख्दै सगरमाथामा फहराईएको महालक्ष्मी लाईफको झण्डा शेयर गरेका छन् । उनले स्टाटसमा भनेका छन्, ‘एक बर्षअघि महालक्ष्मी लाईफको लोगो अंकित झण्डा सर्बोच्च शिखर एभरेष्टमा पुर्याएका थियौं । गत बर्ष ६ महिनामा २५ करोडको बीमा ब्यवसायपछि यो बर्ष ८० करोड गरेका छौ । हिमाल चढने र बिजयी हुने हाम्रो यात्रा जारी छ । हामी दुर्घटना हुने गरि हतारको यात्रा गर्दैनौ, अनुशासित, ईमान्दार र पद्दतिमा आधारीत दिगो बिकास मा विश्वास गछौं । बीरगंजमा २५ बर्ष अघि महालक्ष्मी फाईनान्स खुल्दा सगैं ५।६ वटा बित्तिय संस्था आए । आज कोहि छैनन, तर महालक्ष्मी फाईनान्स ठूलो बिकास बैंक भएर सेवा दिईरहेकोबाट गौरब महसुस हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS