IME Life New

नेपाल क्लियरिङ हाउसमार्फत औषतमा दैनिक ३६ अर्बको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्ममा औषतमा दैनिक ३६ अर्बभन्दा बढिको कारोबार भएको जनाएको छ । कम्पनीले हालसम्म दुई करोड ६ लाखभन्दा बढी पटक भुक्तानी कारोबार फर्छ्योट गरेको छ। क्लियरिङ हाउसका अनुसार गत वर्षको तुलनामा २०७६/७७ मा गरेको फर्छ्योट २२ दशमलव २ प्रतिशतले बढी हो।

विभिन्न भुक्तानी प्रणालीमार्फत गरिएको उक्त कारोबार मूल्यको आधारमा ९६ अर्ब ८ करोड रूपैयाँ हुन आउँछ। यस सँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्‍याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धिदर ५८ दशमलव ८ पुगेको छ।

Esewa
Crest

हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत् दैनिक औसत ३६ अर्ब २ करोड बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेका छन्। एनसीएचएलका एनसीएचएल–इसीसी, एनसीएसएल–आइपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फर्छ्योटका प्रणालीहरू संचालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS