काठमाडौँ । रिलायनस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई आ.व. २०७५/७६ मा दिने नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । बीमा समितिले जेठ २ गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनस दर घोषणा गरेको हो ।
सावधिक जीवन बीमालेख : कम्पनीले ० देखि ९, ९ देखि १४ वर्ष अवधिको बीमालेखका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।
सावधिक तथा आजीवन जीवन बीमालेख : कम्पनीले ० देखि ९, ९ देखि १४ वर्ष अवधिको बीमालेखका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।
अग्रिम भुक्तानी सावधिकजीवन बीमालेख : कम्पनीले १५ देखि १९ वर्ष अवधिको बीमालेखका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको छ ।
अन्य (वार्षिक अग्रिम भुक्तानी – मुद्दती) जीवन बीमालेख : कम्पनीले ० देखि ९ वर्ष , ९ देखि १४ वर्ष र १५ देखि १९ वर्ष अवधिको बीमालेखका लागि २० रुपैयाँ, २० देखि २४ वर्ष र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखका लागि २५ रुपैयाँ बोनस दर तोकेको छ ।