IME Life New

विश्व बैंकद्धारा नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गरेको छ । बेरोजगार युवालाई रोजगारीको अवसर दिनका लागि विश्व बैंकले नेपाललाई उक्त रकम सहयोग गरेको हो । सो रकम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत परिचालन गरिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन गरिनेछ । बेरोजगार युवालाई सिप तथा क्षमता अभिवृद्धि गर्न रोजगार सृजना गर्न ल्याइएको आयोजनाको आज शुभारम्भ भएको छ । सो आयोजनाको उद्घाटन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले गरेका हुन् ।

Esewa
Crest

यस सहयोगले रोजगारी गुमाएका र बेरोजगरालाई रोजगारी उपलब्ध गराउनु आयोजनाको महत्त्वपूर्ण योगदान रहने श्रममन्त्री यादवले बताए । त्यस्तै बैंकका राष्ट्रियढ निर्देशक जर्भोसले कोभिडको प्रभावलाई न्युनीकरण गर्र्ने नीति अनुरुप चालु आर्थिक बर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका ७५ हजार विपन्न बेरोजगार यूवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नतीमा परिचालन गरी एकसय दिनको ज्याला उपलब्ध गराउने बताए ।

अर्थ मन्त्रालय र विश्व बैंक बीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कूल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत संभार तथा स्तरोन्नती गर्ने कार्य मार्फत रोजगारी सिर्जनामा खर्च गरिनेछ । जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS