IME Life New

बैंकका ऋणीहरुलाई लक्षित नबिल बैंकले ल्यायो “३६औं वार्षिकोत्सव योजना”

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ  । बैंकले वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहक महानुभावको आवश्यकतालाई सहज पर्ने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।

उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिनेछ ।

Esewa
Crest

बैंकले घर कर्जामा ७ दशमलव ९९ प्रतिशत, धितो कर्जामा ८ दशमलव ४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८ दशमलव ४९ प्रतिशत, साना तथा मझौला कर्जामा ७ दशमलव ९९ प्रतिशत दिने बताएको छ ।

सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।

हालसम्म बैंकले ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS