काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको कार्यकाल थप भएको छ। बैंकको सञ्चालक समितिको असार ३० गते सम्पन्न ५३२ औं बैठकले सीईओ पाण्डेको एक कार्यकाल थप गरेको हो।
बैंकका सचिव सुधीरमान श्रेष्ठले साउन १ गतेदेखि लागू हुने गरि आगामी चार वर्षका लागि सीईओ पाण्डेको पदावधि थप गरिएको बैंकले जानकारी दिएको छ ।