काठमाडौं । प्रभु बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच आज एक्सटेन्सन काउण्टर सञ्चालन गर्न हस्ताक्षर भएको छ । पोखरा महानगरपालीका ९, नयाँबजारमा रहेको यस अस्पतालले गरिब तथा विपन्न वर्गका जनताले सुविधा लिदै आइरहेका छन् । अस्पतालबाट प्रभु बैंकका ग्राहकहरूलाई अधिकतम १० प्रतिशत सम्म छुट पाउने व्यवस्था समेत राखेको बैंकका पोखरा शाखाका निमित्त प्रमुख लालकान्त चापागाईले जानकारी दिए ।
सो सम्झौतामा प्रभु बैंकको तर्फ बाट प्रभु बैंक प्रादेशिक प्रमुख शान्ति शेरचन त्यस्तै अस्पतालका तर्फ बाट कलेज प्रमुख प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे । प्रभु बैंकले आफ्नो सेवा बिस्तार गर्ने क्रममा गण्डकी मेडिकल कलेजको एक्सटेन्सन काउण्टर बाट सम्पूर्ण बैकिङ्ग सहितको सेवा दिन लागेको शेरचनको भनाई छ ।