IME Life New

साधना लघुवित्तको आइपीओ आज बाँडफाँड हुने, यसरी हेर्नुहोस आइपीओ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर आज साँझ ५ बजे बाँड्फाँड हुने भएको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। क्यापिटलकाअनुसार आफ्नै कार्यालय जमल काठमाडौंमा साँझ ५ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ।

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

Esewa
Crest

आईपिओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । आइपीओ बाँडफाँड पश्चात नतिजा इन्स्योरेन्स खबर डटकमबाट पनि हेर्न सकिनेछ । यो लिंकमा क्लिक  गर्नुहोस्  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS