IME Life New

नबिल बैंकले ३६औं वार्षिकोत्सवमा गर्यो डिजि बैंकको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, “नबिल डिजि बैंक” स्थापनाको घोषणा गरेको छ ।बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए ।

Esewa
Crest

उनले रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको बताए ।

अनिल शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको पारे ।

साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे । मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्दत्तिलाई चुनौति दिदै ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे।

कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै ह्वावै टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्याक्त गर्नुभयो र ह्वावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे ।

सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउदै सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिए अब ग्राहकवर्गले महसुस गर्ने गरि बैंकिङ सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गरे ।

त्यसै गरि परिचित युवा कलाकार अनमोल केसीले बैंकिङ सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS