काठमाडौं । सानिमा क्यापिटलले सानिमा बैंकमा डिम्याट खाता भएका हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ ।
बैंकले चालु आर्थिक बर्षसम्मको डिम्याट खाता संचालन गरे बापतको वार्षिक शुल्क एक सय रुपैयाँ भुक्तानी गर्न आग्रह गरेको हो । सम्पूर्ण हितग्राहीहरुले असार मसान्तभित्रमा पायक पर्ने सानिमा बैंकका शाखा कार्यालयहरुबाट ०१३५२१५००१९ खाता नम्बरमा भुक्तानी गर्न व्यवस्था गरेको हो ।
साथै क्यापिटलले तोकेको समयमा भुक्तानी नगरने शेयरधनीको डिम्याट खाता रोक्का गर्ने जनाएको छ ।