काठमाडौं । स्पर्स लघुवित्तका विभिन्न स्थानमा रहेका तीनवटा शाखा कार्यलयले घरभाडा छुट पाएका छन् । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका २, दिव्यपुरी नगरपालिका १ र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ मा रहेका शाखाहरुले घरभाडा छुट पाएका हुन् ।
महामारीका कारण सम्पूर्ण जनजीवन प्रभावित भएको परिवेशमा देशमा आर्थिक कारोबार ठप्प भई अर्थतन्त्रमा ठुलो गिरावट आई सबै जसो क्षेत्रमा पारेको असरलाई मध्येनजर गर्दै घरधनिले छुट दिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार सबै शाखाहरुलाई एक महिनाको भाडा छुट दिइएको हो ।