IME Life New

नबिल बैंक र हुवावे टेक्नोलोजीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा ह्वावै टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका हुन् ।

यस उपलक्ष्यमा नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले ह्वावै जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीस“ग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्नुभयो तथा यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित Leading Digital Bank” बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Esewa
Crest

ह्वावै टेक्नलोजीज्ले विश्वका सैयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा (Digital Transformation) सहभागी भई  व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउँदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने अठोट व्यक्त गरे ।

कार्यक्रमा बोल्दै ह्वावै टेक्नलोजीज् नेपालका प्रतिनिधिले ह्वावैको क्लाउड प्रविधि (Cloud Technology), आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि (Artificial Intelligence and Machine Learning), क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली (Video based conferencing system), वाइफाइ–६लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउ“दै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS