काठमाण्डौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि थप (एफपीओ) निष्काशन गर्ने भएको छ । एफपीओ निष्काशनका लागि लघुवित्तले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
लघुवित्तले निकट भविष्यमै ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्ने योजना बनाएको हो । त्यसैका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति लगायतका प्रक्रिया अगाडि बढाएको हो ।