काठमाडौं । नेप्से ३३ दशमलव २७ अंकले बढेर १२९८ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज १ सय ७६ कम्पनीको २७ लाख ३१ हजार ४ सय ९८ कित्ता शेयरकिनबेच हुँदा ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।
म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी कोे १४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ग्लोबल आईएमई लघुवित्तका शेयरधनी र बर पुनर्बीमा कम्पनीका शेयरधनीहरुले १० प्रतिशतको दरले कमाएको छ ।
रादी विधुत् कम्पनीका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन्।