IME Life New

राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थासँग भुक्तानी कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिएका तर भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानकर्षण गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनर रुपमा आवद्ध गराउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS