Connect IPS
IME Life

असार २१ गतेदेखि मिर्मिरे र स्वेडा लघुवित्तको एकिकृत कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्तले धादिङको स्वेडा लघुवित्तलाई प्राप्ति गरेपछि असार २१ गतेदेखि एकिकृत कारोबार संचालन गर्ने भएको छ । अब मिर्मिरे लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त बन्नेछ । धादिङको धार्केमा केन्द्रिय कार्यालय रहि १० जिल्ला कार्यक्षेत्र रहेको स्वेडालाई प्राप्ति गर्ने प्रस्ताव गत वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो ।

गत पुस २७ गते एक्वीजिशन सम्झौता गरेको बनेपाको मिर्मिरे लघुवित्त वित्तीय संस्था र धादिङको स्वेडा लघुवित्तले ०७७ असार ५ गते राष्ट्र बैंक र असार ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट एक्वायरको अन्तिम स्वीकृति लिईसकेका छन् ।

Prabhu
Crest

मिर्मिरेले स्वेडालाई प्रतिकित्ता ७५ रुपैयाँमा खरिद गरेको हो। प्राप्ति पश्चात यी दुई कम्पनीकोे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुनेछ भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहने छ । मिर्मिरेको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ छ भने स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ।

यस्तै मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ। मिर्मिरेले नागबेलीलाई आफुमा गाभ्ने प्रस्ताव पारित गर्न असार २० गत विशेष साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS