IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा विभिन्न संघसस्थालाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको जनाएको छ ।

बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहंदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको बताएको छ ।

Esewa
Crest

यसका साथै, शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको श्री दुर्गा देवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ।

त्यस्तै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि २५ हजार बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS