IME Life New

राष्ट्रिय बाणिज्य बैंकमा एक करोड २५ लाख घोटाला, शाखा प्रबन्धक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेटिङ गरी नक्कली जग्गाधनी पुर्जाको आधारमा एक करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरी घोटाला गरेको चुहिएपछि राष्ट्रिय बाणिज्य बैंकका नेपालगन्जस्थित शाखा प्रबन्धक पक्राउ परेका छन् ।

लालपूर्जा, मालपोत कार्यालय बाँकेको कागजात, वडा कार्यालयको काजगातलगायतका सरकारी कागज किर्ते गरी फर्जी ऋण प्रवाह गरेर एक करोड २५ लाख रुपैयाँ घोटाला भएपछि प्रहरीले सुरु गरेको अनुसन्धानको क्रममा शाखा प्रबन्धक समेत पक्राउ परेका हुन् । प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

Esewa
Crest

बैंकबाट स्थानीय सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए । उनले लिएको ऋण सम्बन्धी सबै कागजात नक्कली रहेको पत्ता लागेपछि घटनाको रहस्योद्घाटन भएको थियो । प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । साथै उनले घोटाला काण्डमा बैंकका केन्द्रीय नेतृत्व समेत संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको बताए । सुन व्यवसायी जसगढ र शाखा प्रबन्धक शाहीले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS