IME Life New

गुराँस लाइफको शतप्रतिशत हकप्रद शेयर आजबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार १४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यस अघि गत चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने भनेको थियो। कोरोना महामारीका कारण चैत ११ गतेदेखि नै लकडाउन गरिएकाले कम्पनीको उक्त हकप्रद निष्काशन प्रक्रिया स्थिगित गरेको थियो।

कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको थियो। सोही अनुरुप फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

Esewa
Crest

त्यस्तै, एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। इन्स्योरेन्सको हकप्रदमा २०७७ साउन ४ गतेसम्म आवेदन गर्न सकिनेछ।

यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।

हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको शतप्रतिशत हकप्रद निष्काशन पछि चुक्ता पूँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्ने कम्पनीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS