काठमाडौं । बैंक अफ काठमाण्डूले मृतकको परिवारलाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । बैंकले बिओके सुपर तलब खाता अन्तर्गत मृतकको परिवारलाई मृत्युदावी रकम वापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।
बैंकको बिओके सुपर तलब खाताबाहक ग्राहक नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीका कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा मृतकको परिवारलाई मृत्युदावी भुक्तानी गरेको बैंकले जानकारी दिएको छ ।
मृतकका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले बीमा दाबी रकम सात लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त कम्पनीले बैंकको हेटौंडा शाखामा कर्मचारीको खाता संचालन गर्दै आईरहेको थियो ।