काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट २० मिलियन अमेरिकी डलर (२ अर्ब ४३ करोड रुपैयाँ)बराबरको रकम बैदेशिक ऋण प्राप्त गरेको छ । बैंकले तीन बर्ष अवधिको लागि राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त ऋण पाएको हो ।
जसको लागि गत बैशाख १५ गते लक्ष्मी बैंकका सिईओ अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।