IME Life New

एनआइसी एशिया लघुवित्तको आईपीओ असार १० गतेबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ असार १० गतेबाट बिक्री खुला हुने भएको छ। निष्काशन हुन लागेको यो आईपीओ माइक्रोफाइनान्स कम्पनीमध्ये हालसम्मकै ठूलो हो।

कम्पनीले करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट आइपीओ निष्कासनको अनुमति पाएको थियो । लघुवित्तले एक सय रुपैयाँ अकित दरमा ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये ०।५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिने जनाइएको छ।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। आईपीओको निष्काशन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ। आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS