काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा र नारायणगढ शाखाले महिलामैत्री शौचालय निर्माणका लागि दुई ओटा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । भैरहवा शाखाले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालय र नारायणगढ शाखाले चितवनको भरतपुर महानगरपालिका–११ स्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि सहयोग गरेका हुन् ।
भानु माविलाई १ लाख ५० हजार र जखडीमाइलाई ३ लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ । बैंकका दुवै शाखाले गत बिहीवार सम्बन्धित विद्यालयका प्रतिनिधिहरूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।