IME Life New

नागरिक लगानी कोषलाई स्टक डिलरको प्रकिया अघि बढाउन बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन आग्रह गरेको छ । बोर्डल सोमबार एक पत्राचार गर्देे जानकारी दिएको हो । साथै, पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने नेपाल सरकारको बजेट बक्तव्यमा समेत उल्लेख भएको छ ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाइएको बोर्डले जनाएको छ ।

Esewa
Crest

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहेको छ ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी गत फागुन एक देखि लागू हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा संशोधन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS