IME Life New

समता र घरेलु लघुवित्तबीच मर्जर सम्झौता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सोमबार एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्झौता भएको छ।

लघुवित्त सञ्चालक समितिको जेठ २३ गते सम्पन्न ९५ औं बैठकको निर्णय अनुसार आज असार १ गते सोमबार सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको हो।

Esewa
Crest

समता लघुवित्तका कम्पनी सचिव विश्व श्रेष्ठका अनुसार दुई लघुवित्तबीच १०० बराबर ८० शेयर स्वाप रेसियोमा मर्जर हुने प्रारम्भिक सम्झौता भएको हो। उनका अनुसार दुबै कम्पनीको सम्पत्ति तथा दाायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा अन्तिम निर्णय हुनेछ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा केन्द्रीय कार्यालय रहेको समता लघुवित्तले १० जिल्लामा २४ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । यस्तै, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ८ मा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको घरेलु लघुवित्तको ११ जिल्लामा १३ वटा शाखा रहेको संस्थाले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS