नेपाल स्टक एक्स्चेञ्जमा वुधवार पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेपाल पुनर्बीमा कम्पनी, एनएमबि बैंक, एसबीआई बैंक, वुटवल पावर कम्पनी र जानकी फाइनान्सको शेयर सूचीकृत भएको हो।
नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर र एनएमबि बैंकको २ करोड ४२ लाख १२ हजार ४५७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।त्यस्तै, एसबीआई बैंकको ५० लाख ६९ हजार ५ सय ५० कित्ता शेयर, बुटवल पावरको २४ लाख ३३ हजार २ सय ६४ र जानकी फाइनान्सको १० लाख ८२ हजार ७ सय ८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् ।